
नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।
अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका एक सय कर्मचारीमध्ये २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड पोजेटिभ देखिएपछि अस्पतालको ओपिडि सेवा र पिसिआर सेवा पाँच दिनका लागि बन्द गर्नु परेको जानकारी दिनुभयो ।
अस्पतालले इमर्जेन्सी सेवा र कोरोना परीक्षणका लागि एन्टीजिन परीक्षण सेवा भने दिइरहेको सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्