
काठमाडौं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार के.सी.ले ओमिक्रोनबाट प्रहरी पनि संक्रमित भएपनि स्वास्थ्य अवस्था जटिल नरहेको बताउनु भएको हो ।
उहाँले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता के.सी.ले फ्रन्ट लाईनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुस्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनु भयो ।
काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुस्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता के.सी.ले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुस्टर खोपको व्यवस्था मिलाइएको बताउनु भयो ।
उहाँले नेपाल प्रहरीका लागि बुस्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहोर्याउनु भयो । कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता के.सी.ले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्