
काठमाडौं । नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ ।
काठमाडौं महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा गत पुस ८ गतेदेखि ४५ दिने काष्ठकला विधामा प्रशिक्षण तालिम काठमाडौंको राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको हो ।
नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रशिक्षणको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
काष्ठकला तालिमका प्रशिक्षक राजआनन्द शिल्पकारले भूकम्पले भत्काएका मौलिक कलाकृतिको मर्मत गर्नको लागि कलाकारको आवश्यकता परेकाले काष्ठकला विधामा प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।
उहाँले काष्ठकला तालिमले युवाहरुलाई रोजगारी दिने र कलाकृतिको पनि संरक्षण हुने बताउनुभयो । काष्ठकला प्रशिक्षण तालिममा अहिले २३ जना परीक्षार्थी रहेका छन् ।
काष्ठकला प्रशिक्षणमा सहभागी सुमन स्थापितले ४५ दिने तालिमले काष्ठकला विधाको कोर्ष पूरा नहुने बताृउनुभयो । कोर्ष पूरा नहुने भएकाले महानगर र महासंघले तालिमको समय थप गर्नुपर्ने उहाँको माग छ ।
स्थापितले काष्ठकला आफ्नो पुर्खाैली पेशा भएकाले पनि तालिम लिएर लोप हुँदै गएको कलालाई संरक्षण गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्