१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता


182
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ ।

गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरूमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।

गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेडिकल कलेजमा देखिएको जुन समस्याहरु छन, ती समस्याहरुलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्दछ र दोषीलाई चाहीँ हाम्रो ऐन, कानुनमा जस्तो प्रबन्छ छ, त्यही अनुसार कारबाही हुन्छ ।’

उहाँले संविधान र कानुनको परिधि भित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताउनुभयो ।

विद्यार्थीहरुले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन् ।