११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उपचारका क्रममा कांग्रेस सांसद उपाध्यायको निधन


0
Shares

काठमाडौं, फागुन २ । नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए । उपाध्याय रूपन्देहीका स्थायी बासिन्दा थिए ।

उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरिसकेका छन् ।