२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह


2.522k
Shares

काठमाडौं, माघ ९ । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ ।

स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो ।

सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले २०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा, जेठको ५ गते राती १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख गर्नुभयो । सहप्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानूनि विषय भएको भन्दै निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकाले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने बताउनु भयो ।

उहाँले स्थानीय तहको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानूनले नदिएकाले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनु पर्ने बताउनु भयो ।

आयोगले स्थानीय तहको निर्वाचन र पदावधी सम्बन्धी सबै जानकारी सम्पूर्ण राजनैतिक दलहरुलाई औपचारिक रुपमा गराइसकेको पनि बताएको छ ।