११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालमा ८८ प्रतिशतमा ओमिक्रोनको संक्रमण


6.318k
Shares

काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो समय ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि ।

नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको हो ।

पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनको गरिक्षण गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उक्त तथ्यले नेपालमा कुल संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो ।