९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्रीको सम्बोधन रोकियो, भोलिका लागि तय


0
Shares

काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्बोधन नहुने भएको छ । आफू नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा उनले संसदलाई सम्बोधन गर्न खोजेका थिए ।

तर राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको र आजको बैठक उपाध्यायप्रति शोक प्रस्ताव पारित गरी स्थगित गरिएकाले सम्बोधन नहुने भएको हो ।

प्रतिनिधिसभाको बैठक शनिबार (भोलि) ११ बजेसम्मका लागि स्थगित गरिएकाले प्रधानमन्त्रीको सम्बोधन पनि शनिबारका लागि सरेको हो ।
नेकपा संसदीय दलका नेता ओली २०७४ साल फागुन ३ गते संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।

तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो । दुई तिहाई समर्थनसहित गठन भएको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।