
स्याङ्जा । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि स्याङ्जाको गल्याङ नगर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि जनरल ओपिडी सेवा एक हप्ताका लागि बन्द गरेको अस्पताल प्रमुख थानापति न्यौपानेले जानकारी दिनु भएको हो ।
अस्पतालका सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारी ठूलो संख्यामा कोरोना संक्रमित भइ आइसोलेसनमा रहेकाले एक हप्ताका लागि ओपीडी सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्