
Web Pic
काठमाडौं । दाङको लमही नगरपालिका–६ बलरामपुरमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार चितवनको भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय राम प्रसाद सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्