
काठमाडौं, माघ १० । कोरोना (कोरोना) संक्रमणको जोखिम कम गर्न सरकारले यातायातमा जोर बिजोर प्रणाली लागू गरेपनि बढ्दो भीडले संक्रमणको जोखिम कम भएको छैन । सडकमा स्वास्थ्य मापदण्ड पालन गर्ने र नगर्नेको मिश्रित भीड छ । प्रहरीले चेकजाँच त कडाई गरेको छ तर पर्याप्त साधन नहुँदा नागरिकले भोग्नुपर्ने सकस पनि कम छैन ।
कोभिड नियन्त्रणका लागि भन्दै सरकारले एकपछि अर्को गर्दैे विभिन्न नियम लागू गरेको छ । जसअनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने जो कोहीले अनिवार्य मास्क, सेनिटाइजर प्रयोग, कुनै यात्रुले मास्क नलगाएको खण्डमा मास्क उपलब्ध गराउनुपर्ने प्रावधान छ । यद्यपी अधिकांश सार्वजनिक सवारीसाधनमा न त मास्कको ब्यबस्था छ, न त सेनिटाइजरको नै । सरकारले जोर बिजोर प्रणाली लागु गरेपछि घाटा ब्यहोर्नु परेको भन्दै यी सामान जोहो गर्न रकम अभाव भएको उनीहरुको गुनासो छ ।
त्यसो त ट्राफिक प्रहरीले चेकजाँचकै क्रममा यिनीहरु सोधपुछ गर्दा प्रहरी कारवाहीबाट उम्कन हतार हतार यी सामग्रीको जोहो पनि गर्छन । । राजधानीको भिडभाड अनि त्यसमाथि सञ्चालनमा रहेका सार्वजनिक यातायातका अधिकांश सहचालकले मास्क लगाएको देखिन्न । मास्क नलगाउनुको कारण उनीहरु यसरी खुलाउँछन् ।
सरकारले हालै लागु गरेको जोर बिजोर प्रणालीलाई सहज मान्ने पनि छन् । हुन त यसको विरोध गर्नेको पनि कमी छैन ।
कोरोना नियन्त्रणका लागि लागू गरिएको जोर बिजोर प्रणाली अनुसार राजधानीका सडकमा सवारी चाप घट्नु पर्ने हो तर जताततै भीड देखिन्छ । चाहे सडकमा हिंड्ने बटुवा होस वा आफनो गन्तब्यमा जाने यात्रु नै । सडक र सवारीसाधनको चाप थेगिनसक्नु छ । जबसम्म नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुँदैनन, तबसम्म कोरोना संक्रमणको त्रास कम नहुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्