
काठमाडौं । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रदेश अस्पताल सुर्खेतका मात्रै ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
दरबन्दी भन्दा कम जनशक्ति भएको अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा उपचारमा समस्या भएको हो । पहिलेको तुलनामा अहिले दैनिक ७० देखि एक सय जना बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मी संक्रमित बन्दा सेवा प्रवाहमा बाधा नपुगोस् भनेर प्रदेश सरकारसँग कर्मचारी माग गरेको छ । सुर्खेतमा मात्र हालसम्म १२ हजार ५ सय भन्दा बढी कोरोना संक्रमित बनेका छन् ।
अहिले अस्पतालले कोभिड–१९का बिरामीका लागि एक सय ३९ अक्सिजनसहितको बेड, २० वटा आईसीयू बेड र ७ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको सुर्खेत प्रदेश अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्