१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा हिमपात जारी (फोटोफिचर)


429
Shares

इलाम । इलाम जिल्लाको उत्तरी क्षेत्रमा बिहीबारदेखि भइरहेको हिमपात नरोकिएपछि अत्याधिक जाडो बढेको छ ।

जिल्लाको जौबारी, मेघ्मा , तुम्लिङ्, सन्दकपुलगायतका क्षेत्र हिउँले सेताम्य बनेको छ ।

लगातारको हिमपातले सडक अवरुद्ध भएकाले आवतजावतमा समस्या भएको छ ।

यता, हिउँ परेका क्षेत्र इलामका प्रमुख पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रमा हिउँ खेल्न आन्तरिक पर्यटकहरुको भिड समेत लागेको छ ।