
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डनिवास खुमलटार पुग्नु भएको छ ।
स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका नेता पुन पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरसहित खुमलटार पुग्नु भएको हो ।
भेटमा अध्यक्ष प्रचण्डले नेता पुनको स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
यसैगरी, नेता पुनले आफ्नो उपचारका लागि गरेको सहयोगप्रति प्रचण्डप्रति आभार प्रकट गर्नु भएको थियो ।
पुन स्वास्थ्य उपचार गरेर चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्