१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल भएको ठहर


364
Shares

काठमाडौं । नेपालमा भ्रष्टाचार नघट्दा सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ ।

भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालमा भ्रष्टाचारको अवस्था उस्तै रहेको जनाएको छ । नेपाल गत वर्ष झै यस वर्ष पनि एक सयमा ३३ अंक पाएर भ्रष्टाचार व्याप्त मुलुकहरूको एक सय १७ औं स्थानमा रहेको छ ।

१ सय ८० वटा मुलुकमा गरिएको अनुसन्धानमा नेपाल एक सय १७ औं स्थानमा रहेको हो । अघिल्लो र यस वर्ष अंक उस्तै रहनुले भ्रष्टाचार नियन्त्रण नभएको देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

प्रतिवेदन अनुसार एक सय ८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड १०० मा ८८ अंक पाएर सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने दक्षिण सुडान ११ अंकका साथ सबैभन्दा बढी भ्रष्ट मुलुकको सूचीमा दरिएको छ ।

सन् १९९५ देखि वर्षेनी सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सीको यस सूचीमा नेपाललाई भने सन् २००४ देखि समावेश गरिएको हो ।