
एजेन्सी । आमा बनेपछि बलिउड अभिनेत्री प्रियंका चोपडा फिल्म ‘जी ले जरा’बाट बाहिरिन सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
बलिउड र हलिउड चलचित्र क्षेत्रमा राम्रो पकड बनाएकी नायिक प्रियंका गत हप्तामात्रै सेरोगेसीको मद्दतबाट आमा बनेकी थिइन् । फिल्म ‘जी ले जरा’ को गत वर्ष नै घोषणा गरिएको थियो । यसमा प्रियंका चोपडासँगै बलिउडका दुई चर्चित अभिनेत्री आलिया भट्ट र कट्रिना कैफलाई पनि कास्ट गरिएको छ । तर प्रियंका छोरीको आमा बनेपछि उनले आफ्नो सानी छोरीसंग धेरै भन्दा धेरै समय बिताउन चाहेकी छिन् । प्रियंकाले बच्चा जन्माएकोमा विश्वभरका उनका प्रशंसकहरु धेरै खुशी भएका छन् भने उनलाई बधाइ पनि दिइ रहेका छन् ।
तर भारतीय संचारमाध्यमका रिपोर्टहरू विश्वास गर्ने हो भने, प्रियंकाको बच्चाको खबर थाहा पाएपछि फिल्म ’जी ले जरा’का निर्माताहरू तनावमा आएका छन् । किनकि आमा बनेपछि प्रियंका यस प्रोजेक्टबाट बाहिरिन सक्ने आंकलन गरिएको छ । फिल्मका निर्माता फरहान अख्तर र रितेश सिधवानीले पनि फिल्ममा देखिने नयाँ अभिनेत्रीको खोजी सुरु गरिसकेका बताइएको छ ।

अब प्रियंका फिल्म जी ले जरामा काम गर्छिन् कि करियरमा ब्रेक लगाएर आफ्नो बच्चालाई समय दिन्छिन् भन्ने कुरा भारतीय फिल्म क्षेत्रमा चासो बढेको छ । नायिका प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक निक जोनससंग हिन्दू परम्परा अनुसार बिहे गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्