
चितवन, माघ ११ । चितवनको भरतपुर महानगरपालिकाभित्र गरिने विकास वन्यजन्तुमैत्री गराउन ध्यानाकर्षण गराइएको छ ।
विवेकशील साझा पार्टी चितवनले मंगलबार हात्तिको गोबर भरतपुर महानगरपालिकाको गेटमा राखी ध्यानाकर्षण गराएको हो ।
महानगर अगाडि हात्तीको गोबर राखेर वन्यजन्तुका लागि न्याय, पूर्वाधारहरु वन्यजन्तुका लागि पासो बन्दैछन् जस्ता नारा लेखिएका प्लेकार्ड सहित उनीहरुले धर्ना दिएका हुन् ।
आइतबार भरतपुर महानगरपालिकामा विस्तार गरिएको छ लेन सडक खण्डको नालामा परेर एउटा गैँडाको मृत्यु भएको थियो ।
जनप्रतिनिधिहरुले जनताको आवाज र माग सुन्नुपर्ने भन्दै महानगरमा आएर ध्यानाकर्षण गराएको पार्टीका चितवन संयोजक प्रविन काफ्लेले बताउनुभयो ।
धर्नामा विश्वमै दुर्लभ एक सिँगे गैँडा मर्नुमा महानगरपालिका सडक र निर्माण गर्ने ठेकेदारको लापार्वाही भएको भन्दै अबका दिनमा यस्ता घटना हुन नदिने सचेत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्