१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भिजिट भिसाको दुरुपयोग गर्नेमाथि कडा निगरानी राख्न गृहमन्त्रीको निर्देशन


1.04k
Shares

काठमाडौं, माघ ११ । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गर्नु भएको छ ।

गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गर्दा नेपालीले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताउनुभयो । उहाँले भिजिट भिसाको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न मातहतका निकायलाई निर्देशन दिनु भयो । खाँणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराउनु भयो ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको भन्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले यूएईमा घरेलु कामदार बनेर गएका महिलाहरुले ठूलो समस्या भोग्नु परेकाले समाधानका लागि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनु भयो ।

श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपालीको समस्या समाधान गर्ने अवस्था नरहेको बताउनुभयो ।