
web pic
काठमाडौं, माघ ११ । त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीका लागि राजिब गुरुङले एक गोल गरेका थिए । खेलको ७०औँ मिनेटमा उनले गरेको गोल नै आर्मीको जितका लागि निर्णायक बनेको थियो ।
अब आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्