
चितवन । चितवनको भरतपुर–१० की डिलादेवी रिजाल न्याय माग्दै भौतारीरहनु भएको छ ।
एकल महिला क्यान्सरको रोगीसमेत हुनु भएकी उहाँ सडक निर्माणका क्रममा क्षतिपूर्ति नै नदिई घर भत्काउने तयारीपछि हातमा लालपूर्जा लिँदै न्याय मागिरहनु भएको हो । चितवनको भरतपुर महानगरमा नगरप्रमुख र उप–प्रमुखनै महिला छन् ।
तर, एकल महिलाले न्याय नपाउने कुरा यहि छ भन्दा पत्याउन गाह्रो छ । स्थानीय डिलादेवी रिजाल न्यायको लागि भौतारिएको धेरै भयो । तर, उहाँले के कारणले हो अझै न्याय पाउन सक्नु भएको छैन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुल्चोक गोन्द्राङ–६ लेन सडक गौरवको आयोजना भन्दै विकासको लिष्टमा राखेको पाइन्छ । तर त्यही सडक निर्माणका क्रममा भरतपुर १० की डिलादेवी रिजालको उठिवास हुन लागेको विषयमा भने नगरप्रमुख बेखवर जस्तै भएको देखिन्छ ।
महिला नेतृत्व भएपनि आफूले न्याय नपाएको एकल महिला डिलादेवी रिजाले बताउनुहुन्छ । सडक डिभिजन कार्यालय भरतपुरले सडक सीमाभित्र घर बनाएको भन्दै क्षतिपुर्ति नै नदिई भत्काउन चिठी लिएर पुग्यो ।
तर अचम्म त के छ भने गत वर्षसम्म तिरो तिरिरहेको रसिद र ३ धुरको रातो लालपुर्जा उहाँसँग छ । वि.सं. २०३६ सालदेखि बसेको बताउदै उहाँले सडकले हालसम्म कुनै क्षतिपुर्ति नै नदिएर जबरजस्ती गर्न लागेको भन्दै मुआब्जासम्म त देउ भन्दै रोईकराई गर्दै आउनु भएको छ ।
भरतपुर महानगरले भने रिजालको ऐलेनी जग्गामा घर बनाइदिने, जीवनभर क्यान्सरको निशुल्क उपचारको व्यवस्था सहित केही रकम दिने प्रस्ताव गरेपनि स्वीकार नगर्दा समस्या भएको प्रवक्ता अरुण पीडित भण्डारीले बताउनुहुन्छ ।
सडक डिभिजन कार्यालय भरतपुरले भने गैरजिम्मेवारीपन देखाएको छ । लालपुर्जा भएपनि त्यो सडककै जग्गा भएको र राजमार्ग निर्माण गर्दा खेरी नै क्षतिपुर्ति दिइसकेर लगतकट्टा भएको बताएको छ । त्यस्तै सूचना अधिकारी इन्जिनियर शिव खनालले लगतकट्टा के कारण भएन आफूलाई जानकारी नभएको बताउनुहुन्छ ।
यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपनि अल्पकालिन आदेशमा नभत्काउन भनिएको छ । सानो किराना पसलबाट गुजरा चलाइरहनु भएकी डिलादेवी रिजालको राता लालपुर्जाले मूल्य कहिले पाउने र क्यान्सर पीडित उहाँलाई कसले न्याय दिने हो ? सबैले सोच्न जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्