
काठमाडौं, माघ १२ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ८ हजार ४५४ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्