१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार विजयी


1.391k
Shares

काठमाडौं, माघ १२ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ ।

निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी भएका हुन् ।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्य र २१३ स्थानीय तहका मतदाताले भोट खसालेका थिए । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।