२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकीमा गठबन्धनका तीनै जना उमेदवार विजयी


260
Shares

पोखरा, माघ १२ । राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तिनै जना उमेदवार विजयी भएका छन ।

गठबन्धनबाट महिला कोटाकी कांग्रेसकी कमला पन्त, खुल्ला र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनार बिजयी भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले वताउनु भयो ।

निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमाले एक्लै निर्वाचनमा होमीएको थियो ।

निर्वाचन अन्तर्गत महिला कोटामा कमला पन्त विजयी हुनु भएको छ । उहाँले एमालेकी निकटतम प्रतिश्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गर्नु भएको छ ।

पन्तले ३०८४ मतभार पाउँदा थनेतले २७२४ मतभार पाँउनु भएको थियो । गठबन्धनबाट ७ मत क्रस भएको छ । प्रदेश सांसदमध्ये २ जना र स्थानीय तहका ५ जनप्रतिनिधिको मत क्रस भएको हो ।

खुलातर्फ सुरेश आलेमगर विजयी हुनु भएको छ उहाँले एमाले उम्मेद्वार पुण्य पौडेललाई ४०२ मतभारले पराजित गर्नु भएको हो ।

आलेको ३०९६ मतभार आउँदा पौडेलको २६९४ मतभार आयो । आलेलाई ३० सांसद र ९२ स्थानीय जनप्रतिनिधिले मतदान गरेका थिए । पौडेललाई २८ सांसद र ७५ स्थानीय जनप्रतिनिधिले मतदान गरेका थिए ।

दलित कोटा वाट गठबन्धनका भुवनबहादुर सुनार एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गनुृ भएको छ ।

सुनारले ३०३० मतभार पाउदा सुनामले २७२४ मतभार पाउनु भउको थियो । यो क्लष्टरमा पनि १ सांसदले खाली छोडेका थिए भने २ जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ । योसँगै गण्डकीमा गठबन्धनले क्लिन,स्वीप गरेको छ ।

गण्डकीमा ३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवारी रहेको थियो । प्रदेशमा २ सय २७ जनाले मत मतदान गरे भने २ जनाले मतदान गरेनन् ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ५९ सांसद मतदाता रहेका थिए ।

६० सदस्यीय प्रदेशसभामा एकजना राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाइ पार्टीले कारबाही गरेपछि ५९ जना रहेका हुन् ।

प्रदेश सांसदको एकमत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख र उपप्रमुखको एकमत बराबर १८ मतभार कायम गरिएको छ ।

प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र एकजना स्वतन्त्र सांसद छन् । यसैगरी स्थानीय तहमा कांग्रेसका ८३, एमालेका ६९, माओवादी केन्द्रका १२, राजमोका ३, राप्रपाका २ र नेकपा एसका १ मतदाता रहेका थिए ।