७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश १ मा सोनम ग्याल्जेन शेर्पाले विजयी


182
Shares

काठमाडौं, माघ १२ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् ।

गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पाले जित हात पार्नुभयो ।

गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जनता समाजावादी पार्टीको तर्फबाट गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मार्नुभयो ।

प्रदेश १ मा अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित हुनु भएको छ । एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।