१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना कोरोनाबाट निको


91
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना कोरोना संक्रमणबाट निको भएका छन् । हालसम्म भारतमा ३ करोड ७६ लाख ७७ हजार ३२८ जना कोरोना संक्रमणबाट निको भएका छन् । यस्तै, सक्रिय संक्रमितहरू अझै २२ लाख २ हजार ४७२ जना रहेका छन् ।

यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३८४ नयाँ कोरोना संक्रमित थपिएका छन् भने हालसम्म ४ करोड ३ लाख ७१ हजार ५०० जना कोरोना संक्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५ सय ७२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ७०० पुगेको छ ।

संक्रमण दर अहिले १९.५९ प्रतिशत रहेको छ ।