१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समूह चरणबाटै बाहिरिएपछि घानाले गर्‍यो मुख्य प्रशिक्षकलाई बर्खास्त


195
Shares

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घाना फुटबल संघले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई खेलमा पराजय र एक खेलमा बराबरीको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरिएपछि संघले मुख्य प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको हो ।

संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको जनाइएको छ ।

समूह चरणमा घाना मोरक्कोसँग १–० तथा कोमोरोससँग ३–२ ले पराजित भएको थियो । यसैगरी घानाले गाबोनसँग १–१ को बराबरी खेलेको थियो ।