
एजेन्सी । अफगानिस्तानकी यास्मीना अली अहिले पोर्न फिल्मकी नायिकाका रुपमा चर्चामा आएकी छिन् ।
अफगानिस्तानमा सन् ९० को दशकमा तालिवान शक्तिशाली बन्दै गएको थियो । तालिवानले १० वर्षमाथिका बालिकाहरुलाई बिद्यालय जानबाट रोक्न थालेका थिए । यस्तो अवस्थामा यास्मिन अली आफ्नो परिवारका सदस्यको सहयोगमा अफगानिस्तान छोडेर बेलायत पुगिन् । त्यतिबेला उनी ९ वर्षकी थिइन् । अफगानिस्तानमा पढ्न नपाएकी उनले बेलायतमा पुगेपछि बिद्यालय जाने मौका पाइन र आफ्नो अध्ययनलाई अघि बढाइन् । डेली स्टारका अनुसार यास्मिना अहिले वयस्क उद्योगमा प्रवेश गरेकी छिन् ।
तालिबान र आफ्नो धार्मिक आस्थाको बारेमा उनले खुलेर कुरा गरेकी छिन् । उनले तालिवानलाई क्रुर र नृशंसको संज्ञा दिएकी छिन् । सन २००१ मा अमेरिकाले तालिवानी अखडामाथि आक्रमण गरेपछि तालिवान केहि कमजोर बनेको थियो । तर गत वर्ष फेरि तालिवान सत्तामा आएको छ । तालिवानको शासन क्रुर भएको यास्मिनाको टिप्पणी छ । अहिले यास्मिनाले आफूलाई अफगानिस्तानको एकमात्र पोर्न स्टार रहेको दाबी गर्ने गरेकी छिन् । तालिवानले महिला शिक्षामा प्रतिबन्ध लगाएका कारण अफगान महिलाहरुले ठूलो कष्टको सामना गर्नुपरेको उनको भनाई छ । यास्मिनाले आफ्नो पोडकास्ट अन्र्तवार्तामा आफूलाई एक यौनकर्मीको रूपमा वर्णन गरेकी छिन् ।

बेलायतमा उनलाई यौन शिक्षाको बारेमा पढाइएको थियो। यास्मिना बेलायत पुगेर त्यहाँको जीवनशैलीमा निकै छिटो अभ्यस्त भइन् । उनले आफू अहिले स्वतन्त्र रुपमा जीवन निर्वाह गर्न सक्ने र बेलायतमा सम्मान पनि पाएको बताएकी छिन । बिगतका बाल्यकालका दुःख र अहिलेको जीवनमा निकै अन्तर भएको उनको भनाई छ । महिलाहरु तालिवानका अगाडि सधैं दासजस्तै बन्नु पर्ने अवस्था छ । ‘म जुन परिवेश र समयमा अफगानिस्तानमा जन्मिएको थिए,त्यो अवस्था निकै क्रुर र दुखःद थियो ।’ उनले भनेकि छिन् । उनले तालिवानको नजरमा एक महिला सधै पर्दामा नै बस्नु पर्ने बाध्यता रहेको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्