
काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
रातिको समय भइसकेकाले अधिकांश त्यहाँका मानिसहरु सुतिसकेको अवस्थामा भूकम्प आएको हो ।
भूकम्प २ दशमलव ५ रेक्टर स्केलको भएकाले कतिपय मानिसले थाहा समेत पाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्