
तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो ।
बजार अनुगमनको क्रममा ३३ हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।
बजार क्षेत्रमा रहेका होटेल, मासु पसल तथा औषधि पसलहरूमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा दर्ता नभएका पसल तथा व्यवसायलाई दर्ता गरी सञ्चालन गर्न र इजाजत भएकालाई समयमा नविकरण गर्न तथा इजाजत नभएका व्यवसायलाई तत्काल इजाजत लिएर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्