
web pic
काठमाडौं, माघ १५ । विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मोरिससलाई पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।
घरेलु मैदानमा नेपालले मोरिससलाई १–० ले पराजित गर्यो ।
नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भए ।
उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससँगै बिमलको गोलसंख्या ९ पुगेको छ । नेपालले मोरिसससँग दोस्रो मैत्रीपुर्ण खेल मंगलबार खेल्नेछ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्