
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुसु–कुहिरो लागेको छ ।
त्यस्तै दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू–भागमा भने आंशिक बदली रहने छ । आज राती भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ ।
त्यस्तै बाँकी भू–भागहरुमा भने आंशिक बदली रहने छ । देशका उच्च पहाडी भू–भागका केही स्थानमा भने हल्का हिमपातको संभावना समेत हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्