८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार


1.677k
Shares

भैरहवा । ढिलो गरी निर्माण सकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ ।

आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ ।

विमानस्थलबाट आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनु भयो ।

शसनबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् मौसमले साथ दिए फागुन ९ गतेदेखि क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुने उहाँले बताउनु भएको हो ।

हुस्सु, कुहिरो र भिजीबिलिटी कम भएको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताउनु भयो ।

अवलोकनका क्रममा मन्त्री आलेले क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिन समेत निर्देशन दिनुभएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर साढे ७ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।