
काठमाडौं । मोरङको धनपाल थान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ ।
शव उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो अर्को शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको हो ।
बुधबार खाल्डोबाट उत्खनन् गरिएको शव भने सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले बताउनु भयो । चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् ।
मोरङको धनपाल थान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । माघ १२ र १३ मा खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले बताउनु भएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्