
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३४ हजार २ सय ८१ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा ८ सय ९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै, भारतभर गत २४ घण्टामा ३ लाख ५२ हजार ७ सय ८४ जना संक्रमित निको भएका छन् ।
हाल भारतमा १८ लाख ८४ हजार ९ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्