
काठमाडौं, फागुन ५ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रको हवाई निरीक्षण गरेको छ ।
अत्याधिक हिमपातका कारण अतिक्रिमित क्षेत्र भन वरै नेपाली भूभागमा हेलिकोप्टर ल्याण्ड गर्ने प्रयास समेत सफल नभएपछि उपप्रधानमन्त्री पोखरेलको टोली हेलिकोप्टरबाटै निरीक्षण गरेर दार्चुलाको खलंगा फर्किएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी युगनाथ पौडेलले हिमपातका कारण हेलिकोप्टरबाटै निरीक्षण गरिएको जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलको साथमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश ठगुन्ना, प्रदेशसभा उपसभामुख निर्मला बडाल (जोशी), उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठ लगायत थिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, कालापानी क्षेत्रको निरीक्षणका लागि रक्षामन्त्री पौडेलको टोली सदरमुकाम खलङ्गाबाट बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ लागेको थियो र सभा ९ बजे सदरमुकाम फर्किसकेका थियो ।
प्रतिक्रिया दिनुहोस्