११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मितेरी पुलमा हेल्थ डेस्क, अहेबले बिना उपकरण कोरोनाको परिक्षण र परामर्श


0
Shares

रसुवा, फागुन ५ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपाल र चीनको सिमानामा रहेको रसुवागढीको मितेरी पुल नजिकै एक चिकित्सकसहित हेल्थ डेस्क स्थापनागर्ने बताएका छन् ।

सोमबार रसुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनमा कोरोना भाईरसको संक्रमण बढेसंगै नकाबाट आवत जावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न एक चिकित्सकसहित हेल्थ डेस्क स्थापना गर्न लागिएको बताए ।

अहिले सो स्थानमा टेन्ट तथा टिनको पातामुनी अहेबको टोलीले बिना उपकरण परामर्षमात्र दिने काम गर्दै आएको छ ।

कोरोना भाईरसको संक्रमण देखिएपछि चीनको केरुङ हुदै नेपाल प्रवेश गर्ने चीनीया पर्यटकहरुको संख्या आजकल सुन्य रहेको छ । संक्रमण भन्दा पहिले दैनिक १ सय ५० को संख्यामा चिनियाँ पर्यटक नेपालमा आउने गर्दथे ।