१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा सामान्य बदली र हिमपातको संभावना


52
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

त्यस्तै, दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागहरुमा भने आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,आज राती भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा भने आंशिक बदली रहने छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।