१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनचाँदीको मूल्य घट्दो क्रममा


689
Shares

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार ) बजारमा सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँ छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।