
काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आईसीयू शय्या हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू शय्या हस्तान्तरण गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरूको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताउनुभयो ।
प्रतिष्ठानले दिएका ३० शय्या आजबाटै सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।
डा. बस्नेतले संस्थाहरूको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्