
काठमाडौं । भारतीय हाइ परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ । उनी हिजो नेपाल आइसकेका छन् ।
क्यानले आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका लागि श्रीनिवासलाई नियुक्त गरेको हो । उनी अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।
श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए । नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ ।
नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी–२० सिरिज खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्