
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले देवघाटको धर्मशालामा मृत भेटिएका एक पुरुषको शव पहिचानका लागि आह्वान गरेको छ ।
माघ ८ गते भरतपुर १ देवघाटको थारु धर्मशालामा बस्ने नामथर नखुलेका ६०/६५ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
शव फेला परेपछि घटनास्थल तथा शव जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्ट मार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
हालसम्म मृतकको आफन्तहरू कोही सम्पर्कमा नआएकोले शवको हुलिया सार्वजनिक गर्नुपरेको प्रहरीको भनाइ छ । शव चिन्नेले सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्