
भद्रपुर, फागुन ५ । झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौं महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ११ केजी ९०० ग्राम चाँदी र २१ केजी बराबरको तामाका सामान बरामद गरेको थियो ।
बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्