६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पिएसजी फ्रेन्च कपबाट बाहिरियो


234
Shares

काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

सोमबार राति प्रतिद्वन्द्वी निससँग टाइब्रेकरमा ६–५ ले पराजित हुँदै पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा निसले बाजी मार्‍यो ।

टाइब्रेकरमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, जुलियन डाज्लर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गर्दा लिंड्रो पारेडेस र जाभी सिमोन्सले गोल गर्न सकेनन् ।

यस्तै, निसका मोर्गन, जिन क्लेयर,युसेफ अटल, एमिनी गोउइरी, इभान्स र डान्टेले गोल गरे पनि एन्डी डेलोर्टले गोल गर्न सकेनन् ।

अब निसले क्वाटरफाइनलमा मार्सेलीसँग खेल्ने छ ।