८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


तनहुँमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु


91
Shares

काठमाडौं । तनहुँको बन्दिपुर गाँउपालिका–१ बेलभञ्ज्याङमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डुम्रेबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९८३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग १८ प ९२२५ नम्बरको मोटरसाइकल सोमबार राति आपसमा ठोक्किँदा मोटरसाइकल चालक तनहुँको व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल बाचेमगर र पछाडि सवार सोही ठाँउका २१ वर्षीय विकास वि.क.को घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक सहित चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन् ।