
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्