१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले रोक्यो नारायणहिटी दरबार संग्रहालयभित्र लगाइने महायज्ञ


1.365k
Shares

काठमाडौं । माघ १९ गतेदेखि नारायणहिटी दरबार संग्रहालयभित्र गर्ने तय गरिएको ‘सतीश्राप मुक्ति शिवशक्ति महायज्ञ’ स्थगित भएको छ ।

सरकारले उक्त महायज्ञ नगर्न निर्देशन दिएको हो ।

हजुरलाई नमस्ते परोपकारी अभियान र झापाको सतीश्राप मोक्ष धामले दरबारको पूजाकोठामा माघ १९ देखि माघ २९ गतेसम्म महायज्ञ गर्ने तयारी गरेका थिए ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो ।

विभिन्न युद्ध, विपद्, हत्या, आत्महत्या, दुर्घटना, भवितव्यमा परेकाहरुको काजक्रिया नभएकाले उनीहरुको आत्माको मोक्षका लागि महायज्ञ गर्न लागिएको बताईएको थियो ।