२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ललितपुर महानगरले नगरप्रहरी सूचना केन्द्र स्थापना गर्ने


52
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नु भएको हो ।

सूचना केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनु भयो ।

उहाँले महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको समेत बताउनु भएको छ ।

उहाँले हेर्दा सानो देखिएपनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । महानगरपालिका भित्रका ७ स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिकाले महानगरलाई स्मार्ट सिटी बनाउने गरी विभिन्न काम गर्दै आएको उहाँले बताउनु भयो । स्मार्ट सिटी बनाउनका लागि महानगरले धेरै कामहरु गरेको बताउनु भएको छ ।

तर,महानगरले सबै काम एकै पटक गर्न नसक्दैन बताउदै उहाँले विस्तारै महानगरलाई स्मार्ट सिटी बनाउने गरी काम गर्दै जाने महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको तर्क छ ।

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने ललितपुर महानगरपालिकाले जनाएको छ ।