
काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२२/०२३ को बजेट पेश गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख गर्नुभएको छ ।
कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो ।
यस्तै, आगामी एक वर्ष भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गर्नुभएको छ । यसका साथै, आगामी तीन वर्षमा सय वटा व्यावसायिक रेल कार्गो सञ्चालनमा ल्याउने तथा अर्गानिक खेतीलाई बढावा दिँदै तेलहनको आयात प्रतिस्थापन गर्न सरकारले ध्यान दिने उहाँको घोषणा छ ।
यस्तै, कोभिडविरुद्धको खोप अभियान तीव्र गतिमा अगाडी बढिरहेकाले अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भारत सरकारले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्