
काठमाडौं, माघ १८ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढी हुने मन्त्रालयहरुले विशेष अग्रसरता लिएर योजनालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार अर्थमन्त्रालयमा भएको आर्थिक वर्ष २०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा मन्त्री शर्माले विकासे मन्त्रालयले अग्रसरता लिएर योजना अघि बढाउनुपर्ने बताउनुभएको हो ।
बैठकमा मन्त्री शर्माले पुँजीगत खर्च गर्नू भनेर सचिवहरुलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको हो । उहाँले खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार नभएको भन्दै सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिई खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्नसमेत विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्