
हेटौंडा । मकवानपुर प्रहरीले एक सय दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
पिठ्युँमा गाँजा बोक्ने राक्सिराङ गाउँपालिका– ५ का ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्